मेलिनाले तोडिन् इन्गेजमेन्ट

567 shares

काठमाडौँ । गायिका मेलिना राइले इन्गेजमेन्ट तोडिएको बताएकि छिन् । शुक्रबार सामाजिक संजाल फेसबुकमा लेख्दै राइले इन्गेजमेन्ट तोडिएको जानकारी दिएकी हुन् ।

केहि समय अगाडि राइले गितारिष्ट सन्जिव बराइलिसँग इन्गेजमेन्ट गरेकी थिइन् । उक्त बेला दलितसँग सम्बन्ध जोडेको भन्दै उनलाई केही समुहले बिबादमा तानेको थियो ।

छोटो समयमा नै उनको सम्बन्ध तोडिएको छ । उनले बैचारीक मतभेदको कारण सम्बन्ध तोडिएको बताएकी हुन् ।
यस्तो छ उनले लेखेको –
बिषय – Engagement तोडिएको जानकारी
“केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै Engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको भलनबनझभलत तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।”
🙏

567 shares