झिँगेदाउको ट्रेलर रिलिज (भिडियोसहित)
वि.सं.२०७९ साउन २२ आइतवार ०९:३०
791
shares
काठमाडौँ । चलचित्र झिँगेदाउको ट्रेलर रिलिज भएको छ । आइतबार फिल्मको निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
कपनगढी फिल्मस्को ब्यानरमा बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । भिमनिधि तिवारीको कृतिमा आधारित फिल्मको कथा र संवाद प्रदिप भारद्वाजले लेखेका छन् ।
फिल्ममा बिहेपछिको लोग्ने, स्वास्नी र सासुबिचको सम्बन्धलाई देखाइएको छ । फिल्ममा केकि अधिकारी, मुकुन भुसाल, आँचल शर्मा, हिउवाला गौतम लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
फिल्म भाद्र १७ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०७९ साउन २२ आइतवार ०९:३०
791
shares