यस्तो छ ‘महापुरुष’को फर्स्ट लुक पोष्टर

644 shares

काठमाडौँ । चलिचित्र महापुरुषको फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार दुईओटा पोष्टर सार्वजनिक गरेको हो ।

पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको रिलिज मिति पनि तोकेको छ । फिल्म कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउनेछ ।

हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ मुख्य भुमिकामा रहेको फिल्मको पोष्टरलाई विम्वात्मक रुपमा प्रस्तुत गरिएको छ । एउटा पोष्टर हरिवंश र गौरी मल्ललाई बेहुला बेहुलिको रुपमा प्रस्तुत गरिएको छ भने अर्कोमा पिँजडामा रहेको सुगालार्य हरिवंशले हेरिरहेका छन् ।

फिल्मलाई प्रदीप भट्टराईले लेखन निर्देशन गरेका छन् ।

644 shares