‘छड्के २’ भदौदेखि छायांकनमा जाने

392 shares

काठमाडौँ । अनमोल केसीको नयाँ चलचित्र छड्के २ भदौदेखि छायांकनमा जाने भएको छ । सोमबार फिल्मका नायक अनमोलको लुक्स सार्वजनिक गर्दै फिल्मको छायांकन तोकिएको हो ।

हाल फिल्मको अभिनय कार्यशाला चलिरहेको छ । फिल्मका कलाकारहरु कार्यशालामा व्यस्त छन् । फिल्ममा निगम श्रेष्ठको पटकथा निर्देशन रहनेछ ।

चलचित्रमा अनमोलका अलवा रबिन तामाङ र कमलमणी नेपाल फाइनल भएका छन् । बाँकि कलाकारको चाँडै टुंगो लाग्ने निर्माण टिमले जनाएको छ ।

392 shares