सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड

427 shares
ishwor movie

काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि ७ लाख २१ ह्जार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारीका लागि १४ हजार ४ सय २१ कित्ता र सामुहिक लगानी कोषका लागि ३६ हजार ५३ कित्ता शेयर छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सर्वसाधारणका लागि छ्ट्याइएको शेयरमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । त्यसमा १४ लाख १२ हजार ४ सय ६८ जनाको आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत भएको आवेदनमध्ये ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने ६ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

427 shares