धौलागिरी लघुवित्तको आईपीओ खुल्यो, कति भर्ने ?

378 shares

कठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि आईपीओ निष्काशन तथा विक्री खुला गरेको छ । कम्पनीले मंगलबार आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैँया बराबरको ३ लाख ३१ ह्जार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कर्मचारीको लागि ५ हजार १ सय ५५ कित्ता र सामुहिक लगानी कोषका लागि १६ हजार ५ सय ५० कित्ता शेयर छ्ट्याइएको छ । बाँकी रहेको ३ लाख ८ हजार २ सय ९५ कित्तामा लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गते हुनेछ । लगानीकर्ताले कम्पनीको शेयरमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् ।

378 shares