भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

वि.सं.२०७९ साउन २६ बिहीवार १२:५५
588
shares

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । विहीबार केसीविरुद्ध चलचित्रकर्मि नरेशकुमार पौडेलसहितले मुद्दा दायर गरेका हुन् ।
साउन १० गते बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई वोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । वोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएको भए पनि उनलाइ राजनीतिक रुपमा नियुक्त गरिएको थियो ।
केसीको मुद्दाको पेसी साउन ३० गतेको लागि तोकिएको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १२:५५
588
shares