दर्शीलले आमिरसँग काम नमाग्ने

448 shares

काठमाडौँ । बलिउड फिल्म तारे जमिन पर मा एक बालकको भुमिका निभाएका दर्शील सफारी अहिले बलिउड प्रवेशको तयारी गरिरहेका छन् । तारे जमिन परमा बाल कलाकारका रुपमा इसान अवस्थी नामक चरित्रमार्फत दर्शीलले सबैको मन जितेका थिए ।

आमिर खानसँग काम गरेका उनि उक्त फिल्मपछि क्यामेराको दुनिँयाबाट टाढा रहेका थिए । यो बिचको अवधिमा उनले आफ्नो पढाइ र कलेज जिवन सकाएका छन् ।

बलिउड प्रवेशको तयारीमा रहेका उनले उनको फिल्मका हिरो आमिरसँग काम नमाग्ने बताएका छन् । उनले भनेका छन्, ‘म आमिर खानसँग काम माग्दिनँ । मलाई काम माग्दा लाज लाग्छ । किनकी काम माग्ने होइन, कमाउने हो । काम माग्नु भनेको छिटो बाटो अपनाउनु हो, म छिटोबाटो भन्दा पनि लामो बाटो हिँड्न मनपराउँछु’, ।

448 shares