राष्ट्रपतिले संसदमा फिर्ता पठाइन् नागरिकता विधेयक
वि.सं.२०७९ साउन २९ आइतवार १४:२९
385
shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता पठाएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको विधेयक साउन १५ मा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकोमा पठाएका थिए । उक्त विधेयकलाई १४ औँ दिनमा फेरी संसदमै फिर्ता पठाइएको हो ।
जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानले वंशज र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्था गरेर प्रतिनिधिसभा र राष्ट्रियसभाले विधेयक पारित गरेको थियो ।
वि.सं.२०७९ साउन २९ आइतवार १४:२९
385
shares