नेकपा एस निकट पेशागत महासंघ दोलखाको संयोजकमा गोपालध्वज श्रेष्ठ

609 shares

दोलखा । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल दोलखाले जिल्ला स्तरीय भेला सम्पन्न गरेको छ । सोमबार चरिकोटमा आयोजित भेला जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्दै सम्पन्न भएको हो ।

भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय आयोजक कमिटी निर्माण गरेको छ । कमिटीको सचीवमा प्रकाश दाहाल चयन भएका छन् ।

609 shares