पिपुल्स पावरको आईपीओ खुल्यो

210 shares

काठमाडौँ । पिपुल्स पावरको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपछिको २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशित शेयरमध्ये ४९ हजार ३ सय ४८ कित्ता शेयर कर्मचारीको लागि र सामुहिक लगानी कोषका लागि १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर छुट्याएको छ । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा भदौ ५ गते र ढिलोमा भदौ १४ गते हुनेछ । लगानीकताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् ।

210 shares