हिम पर्वत हाईड्रोले स्थानीयलाई १४ लाख कित्ता शेयर निष्काशन गर्ने

763 shares

काठमाडौँ । हिमपर्वत हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

दोलखामा रहेको कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गरेपछि २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ । शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले २० मेगावट क्षमताको साँगु खोला र ५.५० मेगावाटको साँगु खोला –१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

763 shares