राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक बहुमतले हुबहु पारित
वि.सं.२०७९ भदौ २ बिहीवार १६:२६
455
shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले दोस्रो पटक हुबहु पारित गरेको छ । बिहिबार प्रतिनिधिसभाले नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको हो ।
संसदमा १ सय ९५ जना सांसद उपस्थित थिए । विधेयक पारित गर्ने पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत प्राप्त भएको छ । विधेयक बहुमतले दोस्रो पटक पारित भएको छ ।
प्रतिनिधिसभाले पारित गरेको विकेयकलाई राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणको लागि फेरि राष्ट्रपतिकोमा पुग्नेछ । अब, राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
वि.सं.२०७९ भदौ २ बिहीवार १६:२६
455
shares