माओवादी केन्द्रले टुंग्यायो पदाधिकारी, महासचिवमा देव गुरुङ

224 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले लामो रस्साकस्सीपछि पदाधिकारी टुंग्याएको छ । पेशिडाँडामा जारी बैठकले २० जनाको जम्बो पदाधिकारी चयन गरेको हो ।

माओवादी केन्द्रले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष यसअगाडिनै चयन गरिसकेको थियो । अहिले पार्टीले महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गरेको हो ।

महासचिवमा देव गुरुङ चयन भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ।

पार्टीले ९ जना सचिव चयन गरेको छ । सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की चयन भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन भएका छन् ।

224 shares