केपी ओलीले अहिले फुर्ति देखाउछन् : नेपाल
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७९ भदौ ४ शनिवार ११:०७
![image image](https://aadarshaonline.com/wp-content/uploads/2021/08/madhab-kumar-nepal.jpg)
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले अहिले फुर्ति देखाउने गरेको बताएका छन ।पार्टी निकट उपत्यका युवा बिशेष जिल्ला कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रम तथा सङ्गठित सदस्यको सपथ ग्रहण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।
आफुले २०३२ सालमा कोअर्डिनेशन केन्द्र हुदै राजनीति अगाडि बढाइरहदा ओली जेल रहेको र त्यो भन्दा पहिला ३० सालमा उनीसङ्ग भेट भएको थियो उनलाई मैले मेरो डेरामा राखेको थिए । उनि जेलबाट छुटेर २०४४ सालमा मात्रै कोके को केन्द्रिय सदस्य भएका तर उनले आज फुर्ती देखाउछ्न नेता नेपालले भने ,
केपी ओलीले पार्टि फुटाउन र संविधान कुल्चन उद्दत रहे त्यसकारण आफुहरुसङ्ग बिद्रोहको विकल्प थिएन । बिद्रोह नगरेको भए दशभाईको जस्तो हरिबिजोग हुन्थ्यो । हामीले घुडा टेकाउनु पर्थ्यो नेता नेपालले भने
यस्तै नेता नेपालले कार्यकर्तालाई निर्देशन दिदै गाउँगाउँ हुने अन्याय ,अत्याचार, महिला हिंसा लगायतका मुद्दामा बुलन्द आवाज अगाडी बढाउन र सङ्गठन निर्माणमा पनि लागनुस गाउँगाउँ र वडावडामा गएर सङ्गठन बनाउन आग्रह गरे ।हामी स्थानिय निर्वाचनमा , महानगर,उपमहानगरमा गठबन्धनबाट उम्मेदवारी दिएर बिजयी भएका छौ । त्यसैले गठबन्धन गर्नु कमजोरी रहेको नठान्न आग्रह गर्दछु ।
यस्तै नेता नेपाले एमाले तर्फ संकेत गर्दै जस्ले आफ्नो अस्तित्व स्विकार गर्दैन, त्यस्तो पार्टी र नेतृत्व सङ्ग सकारात्मक रुपले सोच्न सकिदैन तिनीहरु सङ्ग एकता र सहाकार्य सम्भव छैन ।जस्तालै तस्तै ढिडोलाई निस्तै भनेझै गरि त्यो शक्ति सङ्ग जुध्नुपर्छ ।
नेपालले भने इमानदार कम्युनिस्टहरु एकदिन मिल्ने भन्दै आगामी निर्वाचनमा पनि बामपंथी दलहरुलाई एकताबद्ध गर्दै गठबन्धन कायम गरिने बताएका छन ।
![Aadarsha Online Aadarsha Online](https://aadarshaonline.com/wp-content/themes/custom_theme_latest/images/small_icon.jpg)
वि.सं.२०७९ भदौ ४ शनिवार ११:०७