युवा संघ नेपाल दोलखा पुनर्गठन

266 shares

दोलखा । नेकपा एकीकृत समाजवादीको जनवर्गिय संगठन युवा संघ नेपाल दोलखा पुनर्गठन भएको छ । शनिबार चरिकोटमा बसेको प्रथम विस्तारित भेलाले संगठन पुनर्गठन गरेको हो ।

भेलाले रामहरि शिवाकोटीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा रबिन दाहाल, राम कार्की र उषा थापालाई चयन गरेको छ । कुमार श्रेष्ठ सचिवमा चयन भएका छन् भने सुन्दर पौडेल सह–सचिव र बिन्दा कार्की कोषाध्यक्ष चयन भएकी छिन् ।

266 shares