प्रचण्डका घरबेटीको कम्पनीसहित १० कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा (सूचीसहित)

315 shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

जसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सनसहितका कम्पनी रहेका छन् ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर नगरकोट सिपाघाट, बालाजु, त्रीशुली छहरे विदुर सडकका काम अलपत्र पारेपछि शैलुङ प्रतिबन्धमा परेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखिएको सूचना नै आज प्रकाशित गरेको छ । शैलुङका मुख्य व्यक्ति अनुप अधिकारी रहेको उल्लेख छ जो शारदाप्रसाद अधिकारीका छोरा हुन् ।

चिनियाँ कम्पनी जोङडिङ इन्टरनेशनल इन्जिनियररिङ लिमिटेड पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र पारेपछि नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ३ वर्षका लागि कालो सूचीमा राखिएको सूचना जारी भएको छ ।

यी हुन् कालोसूचीमा परेका १० कम्पनी –

 

315 shares