विपिन विरुद्ध उजुरी

252 shares

काठमाडौँ । अभिनेता विपिन कार्की विरुद्ध उजुरी परेको छ । उनिविरुद्ध फिल्म ‘प्रसाद – २’ का निर्माता शुभाष थापाले विहिबार उजुरी दिएका हुन् ।

‘प्रसाद –२’ को छायांकन सुरु गर्ने क्रममा विपिनले स्टोरी बोर्ड मागेपछि निर्माताले छायांकन रोकेका थिए । विवाद पछि फिल्मको छायांकन रद्द भएको थियो । उक्त विवादको अहिलेसम्म हल भएको छैन ।

फिल्मको टिमसँग विपिन सम्पर्क विहिन भएको भन्दै निर्माता थापाले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका हुन् । थापाले फिल्म खेल्न विपिनलाई मनाइदिन आग्रह गरेका छन् भने नखेल्ने भए क्षतिपुर्ति दिन आग्रह गरेका छन् ।

252 shares