लाइगर : बेकार फिल्म, आउटडेटेड स्टोरी

441 shares

काठमाडौँ । दक्षिण भारतिय फिल्मका सुपरस्टार हुन् विजय देवरकोण्डा । उनको फ्यान दक्षिण भारतमा मात्रै नभएर विश्वभरी नै छन् । उनको फिल्म डियर कमरेड, गिता गोविन्दम र अर्जुन रेड्डि पछाडि उनलाई नचिन्ने हिन्दि दर्शक सायदै होलान् ।

उनै विजयले यो वर्ष वलिउडमा डेव्यु गरेका छन् फिल्म लाइगर मार्फत् । फिल्मलाई लिएर उनका फ्यानहरु त खुसि हुने नै भए । तर, उनको डेव्यु सुखद् रहेन । समिक्षकहरुले उनको फिल्मलाई बेकारको संज्ञा दिइरहेका छन् । आउटडेटेड स्टोरी लाइन र फिल्मको मोटीभ क्लियर नहुनु नै फिल्मको कमजोर पक्ष हो ।

फिल्मको कथाले कुनै उद्देश्य नै बोकेको छैन । फिल्ममा हेर्न लायक खास केहि छैन । एक बक्सरको कहानी हामिले धेरै फिल्महरुमा देखेका छौ, हेरेका छौ । कलाकारीताको हिसाबले पनि फिल्म अत्यन्तै कमजोर छ । फिल्मका हरेक पात्रहरुको एक अर्कासँगको सम्बन्ध कतै पनि कनेक्ट हुन्न । अझ, माइक टाइसनको केमियो कुनै नशामा राखिएको जस्तो देखिन्छ ।

अनन्या पाण्डेको भुमिका फिल्ममा कतै पनि कनेक्ट नै हुदैन । विजय र अनन्याको केमेस्ट्री एकदम वकवास लाग्ने किसिमको छ । कुनै पनि किसिमको इमोशन नै छैन उनिहरुको सम्बन्धमा ।

मेथड एक्टिङ फलो गर्ने विजयले यो फिल्म छान्नु आफैँमा आश्चर्यजनक छ । उनलाई हामिले कति राम्रा राम्रा भुमिकामा देखेका छौ । यो फिल्म विजयको करिअरकै सबैभन्दा खराब फिल्म हो भन्दा फरक पर्दैन ।

पछिल्लो समय वलिउड आफैँमा समस्यासँग जुधिरहेको छ । अनि यस्ता फिल्मले झन् क्षति पुर्याउने खतरा देखिन्छ ।

441 shares