यस्तो छ अनमोलको नयाँ लुक्स

637 shares

काठमाडौँ । नेपाली चलचित्र छड्के २ का नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार अनमोलको लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोष्टरमा अनमोललाई ग्यांगस्टारको रुपमा प्रस्तुत गरिएको छ । हाल फिल्मको छायांकन भइरहेको छ । फिल्ममा अनमोलसँगै रविन तामाङ्ग र कमलमणी नेपाल रहेका छन् । अन्य कलाकारको बारेमा केहि पनि सार्वजनिक गरिएको छैन ।

फिल्ममा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।

637 shares