काँग्रेसले निहुँ खोजे एमालेसँग तालमेल : प्रचण्ड

161 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेल हुने संकेत गरेका छन् । उनले बागमती प्रदेशका पार्टीका नेताहरुसँगको बैठकमा काँग्रेसले  निहुँ खोजे एमालेसँग तालमेल हुने बताएका हुन् ।

आगामि संघ र प्रदेशको निर्वाचनमा सत्तारुढ दलहरु गठबन्धन बनाएर जाने निर्णय गरिसकेका छन् । तर, सिट बाँडफाँडमा सकस भइरहेको बेला प्रचण्डले उक्त विकल्प देखाएका हुन् ।

161 shares