पिपुल्स पावरको आईपीओ बाँडफाँड, दुई जनाले पाए थप १ कित्ता

350 shares

काठमाडौँ । पिपुल्स पावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ३१ देखि भदौ ५ गतेसम्म २४ लाअ ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये सामूहिक लगानी कोषलाई १ लाख २३ हजार ३ सय ७० कित्ता र कर्मचारीलाई ४९ हजार ३ सय ४८ कित्ता शेयर छ्ट्याइएको थियो ।

कम्पनीको शेयरमा १६ लाख ३१ हजार ३८ जनाको आवेदन परेको थियो । सो मध्ये ३ हजार ५ सय ४ जनाको आवेदन रद्द भएको छ । बाँकि रहेका योग्य १५ लाख ५१ हजार ४ सय १३ जना आवेदकमध्ये २ लाख २९ हजार ४ सय ६८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने तिमध्ये २ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् ।

आईपीओको रिजल्ट iporesult.cdsc.com.np  बाट हेर्न सकिनेछ ।

350 shares