नेपालले केन्यालाई ४ विकेटले हरायो

308 shares

काठमाडौँ । तेश्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध जित निकालेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए ।

308 shares