अचानक राधाको प्रदर्शन रोक्ने घोषणा (भिडियो सहित)

224 shares

काठमाडौँ । भदौ १० गतेबाट प्रदर्शनमा आएको चलचित्र राधाको प्रदर्शन रोकिने भएको छ । फिल्मको निर्माण टिमले मंगलबारबाट प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

हलवालाहरुले विभेद गरेको भन्दै निर्माण टिमले आज पत्रकार सम्मेलन गरेको थियो । फिल्मलाई शो दिनमा विभेद गरेको निर्माण पक्षको आरोप छ ।

भदौ १० गतेदेखि प्रकाश र राधा प्रर्दशनमा आएका थिए । प्रकाशको टिमले पनि हलवालाहरुले विभेद गरेको भन्दै आक्रोशित भएको थियो । सँगै रिलिज भएको हिन्दि फिल्म लाइगरलाई अत्याधिक शो दिएपछि प्रकाशको टिम पनि आक्रोशित भएको थियो । लाइगरले कमजोर समिक्षा पाएपछि प्रकाशको शो केहि थप गरिएको थियो । सोहि चपेटामा राधा पनि परेको छ ।

 

224 shares