श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो

175 shares

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) खुलेको छ । कम्पनीले भदौ १५ गतेदेखि ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये कर्मचारीको लागि ५ हजार ४ सय ७० कित्ता र सामूहिक लगानी कोषका लागि १९ हजार ६ सय ९० कित्ता शेयर छुट्याइएको छ । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

175 shares