राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको सभापतिमा पूर्ण बहादुर तामाङ चयन
वि.सं.२०७९ भदौ १५ बुधवार १३:३०
539
shares
दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको जिल्ला सभापतिमा पुर्ण बहादुर तामाङ चयन भएका छन् । बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न प्रथम जिल्ला भेलाले तामाङसहित तीन जना पदाधिकारी चयन गरको छ ।
भेलाले उपसभापतिमा रविन्द्र विश्वकर्मा र सचिवमा हिमाल गजुरेललाई चयन गरेको छ । भेलालाई पार्टीका अध्यक्ष रवि लामिछानेले सम्बोधन गरेका थिए ।
वि.सं.२०७९ भदौ १५ बुधवार १३:३०
539
shares