‘प्रेमगीत ३’ को हिन्दि ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

182 shares

काठमाडौँ । नेपाली चलचित्र प्रेमगीत ३ को हिन्दि भाषाको ट्रेलर सार्वजनिक भएको छ । आज जी म्युजिक कम्पनी मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रेम र सत्ताबिचको संघर्षको कथा ट्रेलरमा देखाइएको छ । फिल्म असोज ७ गतेबाट नेपाल र भारतमा नेपाली र हिन्दि दुबै भाषामा एकसाथ प्रदर्शनमा आउँदैछ ।

यसअघि सार्वजनिक भएको टिजरले फिल्मको चर्चा सबैतिर चुलाएको थियो । फिल्मलाई स्व. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् । फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

182 shares