चलचित्र निर्माता संघमा अध्यक्ष नवल खड्कासहित सबै कार्यसमिति निर्विरोध

224 shares

काठमाडौँ । चलचित्र निर्माता संघको सम्पुर्ण टिम नै निर्विरोध चयन भएको छ । बुधबार अन्य उम्मेदवारी नपरेपछि नवल खड्काको नेतृत्वमा सम्पुर्ण टिम निर्विरोध भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा खड्का, उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल, महासचिवमा सुनिलकुमार थापा, सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई चयन भएका हुन् ।

संघको सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चयन भएका छन् । शनिबार हुने संघको १६ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको औपचारीक घोषणा गर्ने जनाइएको छ ।

224 shares