कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस्

483 shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । बोर्डले शुक्रबार गत जेठमा सम्पन्न परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डले ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशित गरेको छ । न्युनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थीलाई एनजी (नन ग्रेडिङ) को व्यबस्था पहिलो पटक गरिएको बोर्डले जनाएको छ ।

यो वर्षको परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी थिए । सो मध्ये १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने विद्यार्थी शुन्य रहेका छन् ।

कसरी हेर्ने

www.neb.gov.np

www.neb.ntc.net.np

नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

483 shares