करेन्ट लागेर एकको मृत्यु

336 shares

काठमाडौं । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० चिमचि बस्ने ३५ वर्षीय प्रकाश राई रहेका छन् ।

सोही नगरपालिकास्थित म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फेम्ली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

336 shares