चुनावपछी सडकमा जाने प्रचण्डको घोषणा

196 shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछी आफु सडकमा जाने घोषणा गरेका छन । आइतबार काठमाडौको प्रज्ञा भवनमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा दोस्रो बार्षिक साधारणसभाको सन्दर्भमा आयोजीत समाजबादको नेपाली मार्गचित्र बिषयक बिचार गोष्ठी कार्यक्रम मा बोल्दै समाजबादको आधार तयार गर्न र फेरी एउटा क्रमभङता गर्न आफु सडकमा जाने घोषणा गरेका छन ।

एमाले सङ्ग एकता गर्दा पनी आफुले एउटा सोच बनाएर गरेको तर त्यो टिक्न सकेन के कति कारणले भयो म त्यतातिर जान चाहन्न , तर यो निर्वाचन प्रणालि बदल्न अहिले को यो संरचनाले भ्रष्टाचार बढाएको र यसलाई रोक्न प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको आवश्यक रहेको पनि उनले बताएका छ ।

एमाले नेता घनश्याम भुषाललाई आग्रह गर्दै यसको नेतृत्व हामिले गर्नुपर्छ सरकारको नेतृत्व गर्दा आफुहरु सफल नभए पनि सडकको नेतृत्व सफल भएको भन्दै यसको नेतृत्व लिन हामि नै तयार हुनुपर्छ म घनश्याम लाई पनि आग्रह गर्दछु प्रचण्डले भने ।

196 shares