अफगानिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

350 shares

काबुल । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको र मारिने सबै विद्यार्थी भएको पुष्टि भएको छ ।

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो । हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२ः४० बजे बम विस्फोट भएकोे थियो ।

350 shares