दोलखा एमालेबाट को को भए संघको उम्मेदवारमा सिफारिस ?

273 shares

दोलखा । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । एमालेको जारी जिल्ला कमिटीले ५ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

सिफारिस पर्नेमा पूर्व मन्त्री तथा वहालवाला संघिय सांसद पार्वत गुरुङ, एमाले पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, रचना खड्का, सरस्वती बस्नेत, शान्ति पाख्रिन इश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, भरत दुलाल रहेका छन् । त्यस्तै, प्रतिनिधिसभा समानुपातिक तर्फ इश्वरी रीजाल, उर्मिला थामि, जीतवीर लामा, दिव्यध्वज कार्की, रोच कुमारी चौलागाई, शारदा राना भुजेल, सहदेव खड्का, हर्कमान तामाङ रहेका छन् ।

गत २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङ ५५ हजार ९ सय ५४ मत प्राप्त गरि देशकै सबैभन्दा फराकिलो मतान्तरका विजयी भएका थिए ।

273 shares