रचना खड्का दोलखाबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

924 shares
ishwor movie

दोलखा । नेकपा एमाले दोलखाले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारहरु सिफारिस गरेको छ । एमालेको जारी जिल्ला कमिटीले ८ जना आकांक्षीको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा वहालवाला बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले केन्द्रिय सदस्य रचना खड्का पनि रहेकी छिन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी खड्का २०७४ मा भएको निर्वाचनमा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी थिइन् । पाँच वर्षे कार्यकालमा छोटो अवधि बागमती प्रदेशको अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी उनि बौद्धिक युवा नेताको रुपमा परिचित छिन् । प्रदेश सभा सदस्यको रुपमा आफ्नो भुमिका इमान्दारपुर्वक निभाएका कारण खड्का युवा पुस्तामाझ लोकप्रिय छिन् ।

त्यस्तै जिल्ला कमिटीले पूर्व मन्त्री तथा वहालवाला संघिय सांसद पार्वत गुरुङ, एमाले पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, सरस्वती बस्नेत, शान्ति पाख्रिन इश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, भरत दुलाल लाई सिफारिस गरेको छ । त्यस्तै, प्रतिनिधिसभा समानुपातिक तर्फ इश्वरी रीजाल, उर्मिला थामि, जीतवीर लामा, दिव्यध्वज कार्की, रोच कुमारी चौलागाई, शारदा राना भुजेल, सहदेव खड्का, हर्कमान तामाङलाई सिफारिस गरेको छ ।

924 shares