दोलखा : प्रदेशसभा ‘क’ मा एमालेबाट को को भए उम्मेदवारमा सिफारिस ?

525 shares

नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । एमालेको जारी जिल्ला कमिटीले ४ जना आकांक्षीको नाम प्रदेशसभा क मा प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस हुनेमा जीवसराज खड्का, टंक बहादुर जिरेल, नर बहादुर श्रेष्ठ र विदुर शर्मा रहेका छन् । त्यस्तै, प्रदेशसभा समानुपातिकतर्फ अम्विका गोले, उर्मिला सुनुवार, डिल्लिध्वज बराइली, नविन तामाङ गोले, रमेश सुनुवार, राम बहादुर श्रेष्ठ, मिङ्मा शेर्पा, लक्ष्मण गुभाजु, शान्ति कुमारी तामाङ, सुन्दर कार्की, हरि बहादुर जिरेल सिफारिसमा परेका छन् ।

525 shares