दोलखा : प्रदेशसभा ‘ख’ मा एमालेबाट को को भए उम्मेदवारमा सिफारिस ?

399 shares

दोलखा । नेकपा एमाले दोलखाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरेको छ । एमालेको जारी जिल्ला कमिटीले ५ जना आकांक्षीको नाम प्रदेशसभा ख मा प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस हुनेमा कैलाश कुमार श्रेष्ठ, डबल पाण्डे, बालकृष्ण शिवाकोटी, भरत बहादुर के.सी. र लाल कुमार के.सी. रहेका छन् । त्यस्तै, प्रदेशसभा समानुपातिकतर्फ कालिका पाठक, कृष्ण कुमारी थामी, कृष्ण बहादुर श्रेष्ठ, चिरञ्जीवी मास्के, डा. जानुका न्यौपाने, टेक बहादुर घतानी, ठुुला थामी, थिर बहादुर मोक्तान, दिनेश खड्का, पार्वती खड्का, मेनुका सुवेदी र राधिका वली शिवाकोटी सिफारिसमा परेका छन् ।

399 shares