केन्यासँगको एकदिवसीय सिरिजमा नेपालको क्लिन स्विप
वि.सं.२०७९ भदौ २० सोमवार १५:२५
518
shares
काठमाडौँ । केन्यासँगको एकदिवसीय क्रिकेट सिरिजमा नेपालले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३ – ० ले जितेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो । यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले ।
टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।
वि.सं.२०७९ भदौ २० सोमवार १५:२५
518
shares