हजुरबा हजुरआमाको हत्या गर्ने किशोरलाई ४० वर्ष जेल सजाय
वि.सं.२०७९ भदौ २० सोमवार १५:३७
अन्तराष्ट्रिय । आफ्ना हजुरबा हजुरआमालाई गोली हानी हत्या गर्ने विस्कन्सिनका एक किशोरलाई शुक्रबार आजीवन जेल सजाय सुनाइएको छ। अलेक्ज्याण्डर एम क्राउसले न्यूनतम ४० वर्षको जेल सजाय भोग्नुपर्नेछ । त्यसपछि उनी पर्यवेक्षित रिहाइको लागि निवेदन दिन योग्य हुनेछन्।
उनले सन् २०१९ मा हजुरबा हजुरआमालाई गोली हानी हत्या गरेका थिए । सन् २०१९ को अप्रिल १४ मा १७ वर्षीया क्राउसले प्रहरीमा फोन गरी आफ्नो घरमा हजुरबा हजुरआमाको हत्या गरेको रिपोर्ट गरेका थिए ।
हत्या भएको दुई दिनपछि दायर गरिएको आपराधिक उजुरी अनुसार उनले आफूलाई पक्राउ गर्न आवश्यक भएको बताएका थिए । अधिकारीहरू घरमा आउँदा ७४ बर्षका डेनिस क्राउस र ७३ वर्षीया लेह क्राउसको शव फेला पारेका थिए ।
प्रहरीले खोजतलास गर्दा किशोरको झोला फेला पारेका थिए जसमा हजुरबुबा हजुरआमाको हत्या गर्ने योजना थियो। उक्त किशोरलाई आउटगामी काउन्टी जेलमा पहिलो डिग्री आशययुक्त हत्याको दुईवटा मुद्दामा हिरासतमा लिइएको थियो । क्राउसले सुरुमा दुवै अभियोगमा दोषी स्वीकार गरेका थिए ।
आफूले हजुरबा हजुरआमालाई माया गर्ने र उनीहरुको हत्या गरेकोमा माफी चाहने बयान उनले अदालतमा दिएका थिए । जुन २०२१ को बयानका क्रममा क्राउसले आफ्नो मानसिक रोगको कारणले आफूले गरेको गल्ती बुझ्न नसकेको बताएका थिए । तर जुरीले त्यसलाई स्वीकार गरेन ।
क्राउस दोषी पाइएपछि आउटगामी काउन्टी न्यायाधीश मिचेल मेट्रोपुलोसले उनको सजाय रोकेका थिए । न्यायाधीशले सुरुमा क्राउसको उपचारको आदेश दिएका थिए । सजाय सुनाउनु अगाडि क्राउसले तीनवटा मूल्याङ्कनहरू पार गरेका थिए ।
विसकन्सिनको कानून अन्तर्गत न्यायाधीशले क्राउसलाई पहिलो डिग्री हत्याको लागि आजीवन जेल सजाय दिन आवश्यक थियो। यद्यपी क्राउसले कहिले पर्यवेक्षणमा रिहाका लागि निवेदन दिन सक्छन् भनेर निर्धारण गर्ने निर्णय न्यायाधिस मेट्रोपुलोसको थियो।
काउन्टीको जिल्ला अधिवक्ता मेलिन्डा टेम्पेलिसले क्राउसलाई रिहाइको सम्भावना बिना नै आजीवन कारावासको सजाय दिन अनुरोध गरेकी थिइन् । क्राउसले विद्यालयमा विद्यार्थीहरूलाई हानि पु¥याउने थप योजनाहरू बनाएको उनीहरुको तर्क थियो ।
टेम्पेलिसले क्राउसका हजुरबा हजुरआमाको हत्या र त्यसपछिको गिरफ्तारीले उनलाई आफ्ना सहपाठीहरूलाई हानि पु¥याउनबाट रोकेको कुरामा जोड दिएकी थिइन् । तर क्राउसका वकिल जर्ज पेटिटले क्राउसलाई २० वर्षको जेल सजायपछि रिहा गर्न योग्य हुन अनुरोध गरेका थिए ।
अब २० वर्षको उमेरका क्राउसले आफ्नो बाँकी जीवन जेलमा बिताउने भएका छन् । न्यायाधीशले ती किशोरलाई दुईवटा आरोपहरूमध्ये प्रत्येकको लागि कम्तिमा २० वर्षको जेल सजाय तोकेका छन्।
वि.सं.२०७९ भदौ २० सोमवार १५:३७