माओवादी केन्द्र दोलखाले संघ र प्रदेशमा क–कसलाई गर्यो उम्मेदवार सिफारिस ?

420 shares
ishwor movie

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको सोमबार बसेको जिल्ला समन्वय कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो ।

दोलखामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभाको क र ख रहेको छ । माओवादीले प्रतिनिधिसभातर्फ देवी खड्का, गंगा कार्की, विशाल खड्का, शंकर लामा, गोपाल पाण्डे र हेम श्रेष्ठलाई सिफारिस गरेको छ । कार्की र लामा माओवादी दोलखाका संस्थापक नेता हुन् । शंकर लामा एकपटक संविधानसभाको निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका थिए भने कार्की हालसम्म कुनै संसदिय निर्वाचनमा भाग लिने अवसर पाएका छैनन् । देवी खड्का र हेम श्रेष्ठ पहिलो संविधानसभाको सदस्य बनेका थिए । विशाल खड्का हाल बागमती प्रदेशसभा सदस्य तथा वन मन्त्री रहेका छन् ।

पार्टीले संघ तर्फको समानुपातिकमा छिरिङ शेर्पा, नरबहादुर पाख्रिन, सोम बहादुर तामाङ, टेक बहादुर थामी र मेख बहादुर खातीको नाम सिफारिस गरेको छ ।

माओवादीले प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ आङ्गडेन्डी शेर्पा, बिमर्शराज कार्की प्रभात, बासुदेब पोखरेल आकास, भिम बहादुर श्रेष्ठ अबिरल, बलराम थापा, नविन जिरेल प्रतिक र हिमाली गोलेको नाम सिफारिस गर्ने भएको छ । यस्तै, समानुपातिक तर्फ भगवती प्रधान, रिता रिमाल, किशोर कुमार दहाल, कृष्ण बहादुर कार्की, लालकाजी तामाङ्ग, प्रेम थोकर, टंक खाती उद्धव, तेज बहादुर तमाङ्ग, भिमबहादुर श्रेष्ठ, लालकाजी तामाङ र टंकबहादुर खाती सिफारिस गर्ने भएको छ ।

यस्तै, प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ गोपाल पाण्डे, कमल श्रेष्ठ, नरबहादुर पाख्रिन, नरेन्द्र श्रेष्ठलाई सिफारिस गर्ने भएको छ भने समानुपातिक तर्फ ढालबहादुर लामिछाने, रिता रिमाल, डोल्मा थामी, लक्ष्मी थामी, कमला कार्की, निला कुमार श्रेष्ठ, राजेन्द्र नेपाली, शान्ता कार्की र सोमबहादुर तामाङको नाम सिफारिस हुने भएको छ ।

420 shares