प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै

वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:५०

Newly elected members of the National Assembly, the Upper House in the Federal Parliament, taking oath of office and secrecy, at Parliament building in New Baneshwor, Kathmandu, on Wednesday, March 4, 2020. Photo: Nepal Parliament
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहेको जनाएको छ । साथै प्रदेशसभाको कार्यकाल पनि सोहि मितिसम्म रहेको जनाएको हो ।
सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल बढाउने विधेयक संसदमा पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन दर्ताका लागिसमेत तयारी भइसकेको अवस्थामा मनोनयन दर्ताको अघिल्लो दिन नै कार्यकाल सकिने स्पष्ट पारेको हो ।
आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न २ र ३ असोजको मिति तोकेको छ । सो मितिको अघिल्लो दिन अर्थात् १ असोजसम्म मात्रै वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कायम हुने आयोगको दाबी छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:५०