यस्तो छ ‘हिजो आजका कुरा’ को ट्रेलर

329 shares

काठमाडौँ । चलचित्र हिजो आजका कुराको ट्रेलर रिलिज भएको छ । बुधबार फिल्मको निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा समसामयीक विषयबस्तुलाई देखाइएको छ । फिल्मलाई साकार पन्तले निर्देशन गरेका छन् । साकार कलाकार सन्तोष पन्तका छोरा हुन् ।

पन्त फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकि अधिकारी, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म असोज २८ गतेदेखि प्रदर्शनमा आउनेछ ।

329 shares