चीनमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ७४ पुग्यो, २६ जना अझै बेपत्ता

238 shares

अन्तराष्ट्रिय । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ७४ पुगेको छ । भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।

भूकम्पको केन्द्रबिन्दू सिचुआन प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१० किलोमिटर गहिराइमा तथा ६.८ म्याग्निच्युडको रहेको भूकम्पका कारण भौतिक संरचनामा धेरै क्षति पुगेको त्यहाँ अधिकारीहरुले जनाएका छन् ।

238 shares