सन्दीपमाथि क्यानले तत्काल छानविन नगर्ने

203 shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १७ वर्षीया नाबालिगलाई बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको विषयमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग गर्नेे बताएको छ ।

सन्दीपमाथिको आरोप गम्भीर भएकाले अनुसन्धानमा सहयोग गर्ने र हाल धनगढीमा रहेका चन्द यहीँ विषयमा छलफल गर्न बुधबार साँझ काठमाडौं आउने भएका छन् । गम्भीर आरोप लागेपछि निलम्बन वा बर्खास्त गर्न सकिने विषयमा क्यानले अनौपचारिक छलफल गरिरहेको छ ।

केन्याविरूद्धको टी–२० सिरिज खेलेपछि सन्दीप उतैबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न गएका थिए ।सन्दीप हाल क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । उनी आबद्ध जमैकाले भोलि विहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ ।

सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ । सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ ।

203 shares