बढ्यो सुनको मुल्य

308 shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । हिजो ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर एक हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

308 shares