चोरीको आरोपमा दुई जना पक्राउ

315 shares

काठमाडौं । प्रहरीले चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमाहरुमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिक कुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजबंशी रहेका छन् ।

भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सुनका गहना,मोबाईल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको साथबाट मोबाईल १ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको चुराको टुक्रा २ थान, टुक्रा पारेको अवस्थामा रहेको सुनको पञ्चरत्नको टुक्रा २ थान, सुनको ब्रास्लेट १ थान, कानमा लगाउने सुनको रामलिला २ थान र टुक्रा पारेको अवस्थामा रहेको सुनकोचन्द्रमाको टुक्रा २ थान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

315 shares