सोमबार देशैभरि हल बन्द

वि.सं.२०७९ भदौ २३ बिहीवार ११:१८
511
shares

काठमाडौँ । भदौ २७ गते नेपालभरी फिल्म हल बन्द हुने भएको छ । आज बसेको हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिको बैठकले सोमवार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै भनेको छ , ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरु तथा संघहरुले हाम्रा सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफलमा रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका केही संघ संस्थाहरुले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

वि.सं.२०७९ भदौ २३ बिहीवार ११:१८
511
shares