राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप लामिछाने निलम्बित

336 shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार उनलाई एक विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको छ ।

नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेमाथि जिल्ला अदालत काठमाण्डौबाट बाट पक्राउ पुर्जी समेत जारी भएपछि निलम्बन गरिएको क्यानले जनाएको छ ।

‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’–क्यानको विज्ञप्तिमा उल्लेख छ ।

336 shares