कमेडियन अपूर्व जमानीमा रिहा

280 shares

काठमाडौं । कोरोना संक्रमणका कारण कमेडियन अपूर्व क्षितिज सिंहलाई हाजिर जमानीमा रिहा गरिएको छ ।  उनलाई जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले बताएका छन् । नेवा समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका उनि बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

280 shares