पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ सार्वजनिक

336 shares

काठमाडौँ । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ नामक पुस्तक सार्वजनिक भएको छ। शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठानको हल च्यासलमा पुस्तक सावर्जनिक गरिएको हो ।

पोखरेलले आफ्नो राजनीतिक यात्राका क्रममा लेखेका लेखहरु पुस्तकमा समावेश गरेका छन् । साथै, दोलखाको कम्युनिष्ट आन्दोलन विशेषगरि नेकपा एमालेको राजनीति र अन्य दलहरुसँगको सम्बन्धलाई पनि पुस्तकमा समेटिएको लेखक पोखरेलले बताए । पुस्तकलाई जनविचार पब्लिकेसनले निकालेको हो ।

336 shares