विद्यालय जान निस्केका तीन बालक बेपत्ता

238 shares

तिलोत्तमा । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । शुक्रबारदेखि बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल बेपत्ता भएका छन् ।

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलले हराएका बालकको खोजतलास सुरु गरेको छ ।

238 shares